प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
सानोठिमी, भक्तपुरको
जरुरी सूचना
सूचना प्रकाशित मितिः २०७८ माघ १४ गते

यस परिषद्को मिति २०७८।०९।२७ गतेको निर्णयानुसार कोभिड १९ को संक्रमणको कारण  परिषद् अन्तर्गत संचालित सम्पूर्ण आङ्गिक, साझेदारी, सामुदायिक र निजी स्तरमा सञ्चालित शिक्षालयहरुमा हिउँदे तथा बर्षे बिदाबाट बिदा मिलान हुने गरी यहि माघ १५ गतेसम्म शिक्षालयहरु बन्द गरिएकोमा यहि माघ १५ गते देखि २० गते सम्म सम्पूर्ण बिद्यार्थीहरुलाई अभियानको रुपमा खोप दिने प्रयोजनको लागि शिक्षालयहरु खुला गरी सम्बन्धित स्थानीय तहसंगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका सबै खोप लगाउन बाँकी बिद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गरी खोप लगाएको सुनिश्चितता गर्नु हुन र खोप लगाएका विद्यार्थीहरुको नामनामेसी सहितको विवरण अध्यावधिक गर्नुहुन समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।